पदभार सम्हाले उपेन्द्र यादवले, भने– प्रधानमन्त्रीले माया गर्नुभयो

काठमाडौं– गता साता मन्त्रिमण्डल पुनर्गठनका क्रममा अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय फेरिएपछि धेरैले अनुमान गरेका थिए, समाजवादी पार्टीले अब सरकार छोड्छ । यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयबाट झिकेर कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए । 

त्यति बेला यादव भारतमा थिए । उनी शुक्रबार नेपाल फर्किए पछि पनि आजसम्म पदभार ग्रहण गर्न गएका थिएनन् । समाजवादी पार्टीले निरन्तर बैठक गरिरहेको थियो । सरकारबाट फिर्ता हुने वा नहुने भन्ने विषयमा पार्टीभित्र छलफल चलिरहेको थियो । 

यसैबीच सोमबार यादवले कानुनमन्त्रीको पदभार सम्हालेका छन् । पोखरामा चुनावी कार्यक्रममा सम्बोधन गर्न पुगेका यादव काठमाडौं फर्किएलगत्तै मन्त्रालय पुगेका हुन् । 

उनलाई मन्त्रालयमा प्रधानमन्त्रीले मन्त्रिमण्डल रिसफल गर्दा परामर्श गर्नु भएको थियो र भन्दै पत्रकारहरुले प्रश्न सोधेका थिए । यो प्रश्नको जवाफमा यादवले भने, ‘यो उहाँको अधिकार हो, हामीसँग किन सल्लाह गरिरहनु पर्यो र ?’

यतिमात्र होइन, यादवले आफूलाई कानुन मन्त्रालयमा सरुवा गरिँदा आफूले प्रधानमन्त्रीको थप माया पाएको आभास भएको पनि बताएका छन् । 

‘मलाई प्रधानमन्त्री ज्युले माया गर्नुभयो,’ उनले भने, ‘अनुभवी व्यक्तिलाई यो मन्त्रालय पठाऔँ भनेर उहाँले मलाई यहाँ पठाउनु भएको होला ।’



योसँगै अब समाजवादी पार्टी अब सरकारबाट बाहिरिने चर्चा सेलाएको छ । सँगै उसले राजपासँग गर्ने भनिएको एकता पनि अब सरेको अनुमान गर्न थालिएको छ ।



  • प्रकाशित मिति : मंसिर ९, २०७६ साेमबार १४:१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया