समाजवादीसहित सात पार्टीसँग एकताको गृहकार्य भइरहेको राजपा संयोजककाे दाबी

सिरहा– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेसी जनताको अधिकार सुनिश्चित गर्न  वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भइरहेको जनाएका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा आज आयोजित उपनिर्वाचनको चुनावीसभालाई सम्बोधन गर्दै उनले शासक वर्गले मधेसी जनताको अधिकार नदिएका कारण मधेसी जनताको समस्या अझै समाधान हुन नसकेको बताए ।

सरकारले  मधेसी आदिवासी, जनजाति र  पिछडिएका वर्गलाई अधिकार नदिएका कारण विभिन्न समयमा आन्दोलन हुने गरेको बताउँदै मधेसी जनताको अधिकार सुनिश्चित गर्न अब वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने उनले जोड दिए ।

उनले वैकल्पिक शक्ति निर्माणका लागि सबै पक्षसँग एकता भइरहेको बताउँदै मधेसी जनताको अधिकारका लागि  पहिचानवादी आन्दोलन  गर्ने चेतावनीसमेत दिए  । समाजवादी पार्टीसहित विभिन्न सात पार्टीसँग पार्टी एकताको गृहकार्य भइरहेको  जानकारी  दिँदै राजपा नेपाल तत्काल  सरकारमा सहभागी नहुने स्पष्ट पारे । 

प्रदेश नं २ का प्रदेशसभा सदस्य एवं राजपा पार्टीका महासचिव मनीष सुमनले मधेस आन्दोलमा सहिद भएकाको सपना पूरा गर्न राजपा नेपाललाई उपनिर्वाचनमा जिताउनुपर्ने बताए । यही मंसिर १४ गते सो गाउँपालिका–७ मा अध्यक्ष पदका लागि एक स्थानमा निर्वाचन हुँदै छ । 





  • प्रकाशित मिति : मंसिर ९, २०७६ साेमबार १७:१६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया