अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई २४ घण्टे अल्टिमेटम, नत्र ठगी मुद्दामा कारबाही

काठमाडौं– सरकारले मेडिकल कलेजहरुलाई अवैध रुपमा असुलेको शुल्क फिर्ता गर्न २४ घण्टाकाे अल्टिमेटम दिएकाे छ । २४ घण्टाभित्र अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दामा कारबाही गर्ने चेतावनी दिएकाे छ । 

सोमबार गृहमन्त्रालयमा भएको छलफलले अवैध शुल्क असुल्ने कलेजविरुद्ध एक्सनमा उत्रिने निर्णय गरेको हाे । छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेललगायत सहभागी थिए ।

यसअघि सरकारले मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न १५ दिनको अल्टिमेटम दिएकाे थियाे । सरकारले दिएको अल्टिमेटम आज साेमबार सकिएको छ, तर कुनै पनि कलेजले अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् ।





  • प्रकाशित मिति : मंसिर ९, २०७६ साेमबार १७:३८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया