परराष्ट्रमन्त्रीले भेटे रुसी समकक्षी, राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो
तस्वीर: परराष्ट्रमन्त्री ज्ञवालीकाे ट्विटरबाट ।

काठमाडौं– नेपालकी राष्ट्रपति विद्या भण्डारीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणका लागि पठाएको निम्तोपत्र त्यहाँका विदेशमन्त्री सेर्गेइ लाभ्रोभमार्फत् दिइएको छ । 

रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निम्तोपत्र उनका समकक्षी सेर्गेइ लाभ्रोभलाई दिएका हुन् । त्यस्तै, उनले त्यहाँका प्रधानमन्त्री दिमित्री मेदभेदेवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको निम्तोपत्र पनि सेर्गेइलाई दिएका छन् । 

सोमबार सेर्गेइसँग भएको भेटवार्ता फलदायी भएको परराष्ट्रमन्त्री ज्ञवालीले ट्विट गर्दै जानकारी दिएका हुन् । उनले द्विपक्षीय वार्तामा नेपाल र रुसको सम्बन्ध विस्तार तथा आपसी हित वृद्धि गर्ने सन्दर्भमा छलफल भएको जनाएका छन् । यो छलफल पछि दुवै परराष्ट्रमन्त्रीले पत्रकार सम्मेलनसमेत गरेका थिए । नेपाल र रुसबीच लामो समय पछि मन्त्रीस्तरीय वार्ता भएको हो ।





  • प्रकाशित मिति : मंसिर ९, २०७६ साेमबार १९:१५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया