प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, आजै शल्यक्रिया हुँदै
फाइल तस्वीर ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विहान अचानक पेट दुखेपछि अस्पताल भर्ना गरिएको छ । उनलाई महाराजगन्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा भर्ना गरिएको हो । 

चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको जनाएका छन् । 

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले केही अघि देखि नियमित डायलाइसिस गराउँदै आएका थिए । तर, मिर्गौला र एपेन्डिसाइटिसबीच कुनै सम्बन्ध नरहेको डा. अरुणा उप्रेती बताउँछिन् ।

‘एपेन्डिसाइटिस जसलाई पनि हुन सक्छ । यो बच्चालाई पनि हुन सक्छ, वृद्धलाई पनि,’ उनले भनिन्, ‘बिहानसम्म शारीरिक रुपमा स्वस्थ मान्छेलाई पनि हुन सक्छ ।’

‘एपेन्डिक्स’ ठुलो आन्द्रासँग गाँसिएर बसेको एक अंग हो । कहिलेकाहीँ एपेन्डिक्समा ब्याक्टेरिया वा अन्य कुनै कारणले संक्रमण हुन सक्छ । त्यसरी ब्याक्टेरियाका कारण संक्रमण भयो भने त्यो सुन्निने र पिप जम्ने हुन सक्छ । समयमौ यसको उपचार नभएको खण्डमा त्यो फुट्ने र यसभित्र रहेको फोहोर पोटमा पोखिने सम्भवना हुन्छ । त्यसैले ‘एपेन्डिक्स’ फुट्नुअगाडि नै यसको शल्यक्रिया गर्नु पर्छ । यो फुटेर पेटमा पोखिएको खण्डमा बिरामीको ज्यान पनि जानसक्छ । 





  • प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार ११:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया