अतिरिक्त शुल्क फिर्ता नगर्ने मेडिकल कलेजको अडान

काठमाडौं– मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने सरकारको २४ घन्टे निर्देशन अवज्ञा गर्ने भएका छन् । 

मंगलबार सातवटा मेडिकल कलेज सञ्चालकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई ज्ञापनपत्र बुझाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेर मन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले अतिरिक्त शुल्क फिर्ता नलिने अडान राखेका छन् । सरकारले तोकेभन्दा बढी शुल्क नलिएको उनीहरुको दाबी छ ।

सरकारले मंगलबारसम्ममा बढी लिएको शुल्क फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई ठगी मुद्दामा कारबाही गर्ने चेतावनी दिँदै मंगलबारसम्मको अल्टिमेटम दिएको थियो । 

मंगलबार काठमाडौं मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस चितवन, लुम्बिनी मेडिकल कलेज पाल्पा, नेपाल मेडिकल कलेज जोरपाटी, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, विराट मेडिकल कलेज विराटनगर  र देवदह मेडिकल कलेजका सञ्चालकहरु शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

यसबारे छलफलका लागि अहिले गृह मन्त्रालयमा शिक्षा मन्त्रालयका पदाधिकारीसहितको बैठक बसिरहेको छ ।





  • प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार १७:४२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया