प्रचण्डले फेरि भने– मधेससँग लभ परेको छ, लभरलाई दुःख दिन्नँ
फाइल तस्वीर ।

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय जहाँ पुगेर भाषण गरेका छन्, त्यही ठाउँमा आफ्नो लभ परेको बताउन थालेका छन् । पहिलो पटक महोत्तरीको पिपरामा पुगेर आफ्नो मधेससँग लभ परेको बताएका प्रचण्डले मंगलबार बारामा पनि यो कुरा दोहोर्याएका छन् ।

बाराको निजगढमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘मधेससँग मेरो निरन्तर लभ परिरहेको छ, मेरो लभरलाई म दुःख दिन्नँ,’ प्रचण्डले कार्यक्रममा भने, ‘मधेसको विकासका लागि आफू जे गर्न पनि तयार छु ।’

यसअघि महोत्तरीको पिपरामा हुन लागेको उपनिर्वाचनको एक कार्यक्रममा सम्बोधन गर्दै आफैं अनसन बस्न पनि तयार रहेको प्रचण्डले बताएका थिए ।

प्रचण्डले आफूले शिलान्यास गरेको द्रुतमार्ग र हुलाकी राजमार्गको प्रगति भएकोमा खुसी पनि व्यक्त गरे । सँगसँगै उनले नेपाल कम्युनिस्ट पार्टी अब मधेश केन्द्रित विकासमा रहेको पनि बताए । 

‘विकासका काम ढिला भएमा म पनि तपाईंहरुसँगै आन्दोलन गर्छु,’ प्रचण्डले दुई नम्बर प्रदेशका नेकपा नेता तथा कार्यकर्तालाई भने, ‘अब नेकपा मधेसमा केन्द्रित भएको छ ।’





  • प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार २३:४७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया