चिकित्सा शिक्षा
मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क बुधबार बाटै फिर्ता गर्ने सहमति

काठमाडौं– सरकार र निजी मेडिकल कलेज सन्चालकबीच अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएको छ । यसअघि सरकारले दिएको अल्टिमेटम सकिएको थियो । मेडिकल कलेज सन्चालकहरुले अतिरिक्त शुल्क फिर्ता गर्न नसकिने बताउँदै आएका थिए । 

तर, शिक्षा मन्त्रालयमा मंगलबार राति अबेरसम्म भएको वार्तामा कलेज सन्चालकहरुले अतिरिक्त शुल्क फिर्ता गर्न सहमति गरेका हुन् । 

२०७४/७५ तथा २०७५/७६ को सत्रमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति भएको हो । अबका शैक्षिक सत्रमा पनि शिक्षा आयोगले निर्धारण गरेको शुल्क लिएर मात्र विद्यार्थी भर्ना गर्न पाउने सहमति वार्तामा भएको छ । 

यसअघि बुधबारसम्म मेडिकल कलेजका सन्चालकहरुले पैसा फिर्ता नगरे कानुनी कारवाही गरिने निर्णय गरिएको थियो । यो निर्णय गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले गरेको थियो । 

यसबीच शुल्क फिर्ता नगरे आफ्नो आन्दोलन निरन्तर गरिरहने विद्यार्थीहरुको संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको थियो । 





  • प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार ०:२६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया