प्रम ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट हटाइयो
फाइल तस्वीर ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । मंगलबार एन्पेडिसाइटिसको अपरेसन गरेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । बुधबार विहान स्वास्थ्यमा सुधार भएपछि उनलाई भेन्टिलेटरबाट हटाइएको छ । 

‘उहाँलाई आज विहान भेन्टिलेटरबाट हटाइएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘अलिक सुधार भएपछि उनलाई भेन्टिलेटरबाट हटाइएको हो ।’

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डिायोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री अ‍ोलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । पेटको अन्य भागमा पनि संक्रमण बढेपछि त्यस क्षेत्रलाई वास गरिएको चिकित्सकले जनाएका छन् । 

भेन्टिलेटर हटाए पछि प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमा नै राखिने अस्पताल स्रोतले जानकारी दिएको छ । ‘कम्तिमा पनि एक साता उहाँलाई अस्पतालमा नै राखिन्छ होला,’ अस्पताल स्रोतले फरक धारलाई जानकारी दिएको छ, ‘उहाँ निरन्तर चिकित्सक टोलीको निगरानीमा हुनुहुन्छ ।’





  • प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार ९:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया