सामसङको नयाँ सिरिजमा १०८ मेगापिक्सल क्यामेरा, १०० गुणा स्पेस जुम फिचर !

सिओल– एस१० सिरिजपछि सामसङले नेक्स्ट जेनेरेसन एस११ सिरिजको मोबाइल फोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यस सिरिजअन्तर्गत एस११ र एस११ प्लस मोडल लन्च गर्ने कम्पनीको तयारी छ । 

नयाँ सिरिजका यी मोडलहरु सार्वजनिक गर्ने मिति तय भइसकेको छैन । यद्यपि, यो सिरिजसँग जोडिएका फिचरहरुबारे रिपोर्ट भने बाहिरिन थालेका छन् । 

हालै बाहिरिएका केही रिपोर्टअनुसार, एस११ सिरिजका फोनमा अल्ट्रा हाई रिजोलुसनलाई हाई जुम लोबल्स रेकर्डिङ सपोर्ट दिइनेछ । यसका साथै, फोनको रियर क्यामेरा सेटअपमा एक्स्ट्रा टाइम–अफ–फ्लाइट सेन्सर्सको पनि हल्ला चलेको छ । 

रिपोर्टअनुसार, एस११ सिरिजका फोनमा १०८ मेगापिक्सलको प्राइमरी सेन्सरसहित चारवटा रियर क्यामेरा जडान गरिनेछ । यो अहिलेसम्मका सबैजसो कम्पनीका फोनको तुलनामा निकै शक्तिशाली क्यामरा हो । अझ रोचक त, यो सिरिजका फोनमा फोटो खिच्दा १०० गुणासम्म जुम गर्न मिल्ने स्पेस जुम फिचर रहनेछ । यद्यपि, यसमा कस्तो पेरिक्कोप र कुन पिक्सलको बाइनिङ टेक्नोलोजी प्रयोग गरिनेछ भन्ने खुलाइएको छैन । 

एस११ सिरिजका स्मार्टफोनमा एक्जिनस९९० र स्न्यापड्रागन८६५ प्रोसेसर रहनेछन् । बाहिरिएका सूचनालाई मान्ने हो भने यो सिरिज आउँदो फेब्रुअरीमा सार्वजनिक हुने सम्भावना छ । 





  • प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार १४:२८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया