डेढ वर्षदेखि बेपत्ता रहेका पत्रकारकाे अस्थिपञ्जर भेटियाे

डोटी– विगत डेढ वर्षदेखि बेपत्ताको अवस्थामा रहेका नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको अस्थिपञ्जर भेटिएको छ ।

डेढ वर्षपछि सम्पर्कविहीन भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा परिचयपत्र, लाइसेन्स, कपडा, झोलालगायत सामान भेटिएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए । गत २०७५ भदौ १० गते करिब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन भएका थिए ।
 
उनले डेढ वर्षपछि हड्डीसहित सामग्री भेटिनुले घटना रहस्यमय हुन सक्ने हुँदा यसको सत्यतथ्य छानबिन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न सरकारसँग माग गरे ।





  • प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार १७:१७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया