खोलाले स्काभेटर बगाउँदा चिनीया नागरिकको मृत्यु

रसुवा— रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ स्थित भोटकोशी खोलामा स्काभेटर पल्टेर खोलाले बगाउँदा चालक चिनीया नागरिक ३६ वर्षीय छु छिङको मृत्यु भएको छ । 

टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि भोटेकोशी खोलाबाट ढुङ्गा निकाल्न खोज्दा स्काभेटर पल्टेको थियो । प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले स्काभेटर बगाउँदा छिङको मृत्यु भएको बताए । खोलाले करिब ५ सय मिटर तल बगाएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा शव निकाली पोष्टमार्टमका लागि सदरमुकाम पठाइएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार १४:२५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया