गुठी पनि थपेर भूमि विधेयक ल्याउने सरकारको तयारी
फाइल तस्वीर ।

काठमाडौं– सरकारले गुठीको विषय पनि थपेर भूमिसम्बन्धी विधेयक ल्याउने तयारी गरेको छ । 

यसका लागि सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सन्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषदको पछिल्लो बैठकबारे जानकारी दिँदै गुठी विधेयक पनि एकीकृत विधेयमा समेटिने बताएका हुन् । उनले नयाँ विधेयक ल्याउन भूमि सुधार मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको बताए।

यसअघि सरकारले ल्याएको गुठी विधेयकको चर्को आलोचना भएको थियो । विधेयकको विरोधमा आन्दोलन चर्किएपछि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

‘गुठीको जग्गासम्बन्धी कुराहरू छन् तर कति संविधानका अधिकार र उत्पादकत्वका विषय छन्,’ बाँस्कोटाले भने, ‘भूमिको वैज्ञानिक प्रयोग बढाउन भूमिसम्बन्धी एकीकृत विधेयक बनाउन सैद्धान्तिक सहमति दिइएको छ ।’





  • प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार १६:४२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया