सागः भारतसँग हार्‍याे नेपाल

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । 

बिहिबार भएको खेलमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो । 

राम्रो खेल्दाखेल्दै पनि नेपालले भारतसँग पहिलो सेटबाट नै पराजित हुन थाल्यो । नेपाल २६–२४, २५–१२, २५–१६ ले भारतसँग पराजित भएको हो ।

यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–० ले हराएको थियो । अब नेपाल र भारत समान अंकसहित समूहमा बराबरीमा छन् । अब भारत र बंगलादेशबीचको खेलमा भारत विजयी भएमा नेपाल समूहको उपविजेतका रुपमा सेमिफाइनलमा पुग्नेछ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार १९:११:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया