ओभरटेक गरेकाे निहुँमा कुटेर हत्या

कन्चनपुर— कञ्चनपुरमा सामुहिक कटुपिट गरेर बिहीबार एक युवकको हत्या भएको छ । महाकाली नगरपालिका–३ दोधाराचाँदनीका २२ वर्षीय युवक दीपक पन्तको  हत्या गरिएको हो ।

बुबा विशन पन्तसँग मोटरसाइकलमा महेन्द्रनगर गएका उनलाई ओभरटेक गरेकाे आरोपमा केही युवाले कुटेका थिए । महेन्द्रनगर–मझागाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैयामा केही युवकले ओभरटेक गरेको निहुँमा रोकेर कुटपिट गरेका थिए । 

स्कुटर र मोटरसाइकलमा सवार ५/६ जनाको समुहले ओभरटेक किन गरेको भन्दै छोरालाई निर्घात कुटपिट गरेको विशनले बताए । कुटपिटबाट घाइते दीपकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि भारत लगिएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्र बहादुर चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए । शंस्कापद तीन जना र एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार २३:७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया