सिरहामा मेयरकाे कार्यकक्षअगाडि बम

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका १० स्थित मेयरको कार्यकक्ष रहेको भवनको ढोकामै प्रेसरकुकर बम भेटिएको छ ।

शुक्रबार बिहान कार्यालय सहायक मूल ढोका खोल्न जाँदा निलो प्लाष्टिकको झोलामा टेप टाँसिएको प्रेसरकुकरमा पुरानो मोवाइल तार जोडी रातो टेपले टाँसेको देखेपछि उनले प्रहरीलाई खवर गरेका थिए । 

त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी पुगेका छन् । भाडामा संचालन गरिएको भवनको माथिल्लो तलामा मेयर हरिनारायण चौधरीको कार्यकक्ष, कार्यपालिकाको बैठक हल र भुइँतलामा योजना र विपद् व्यवस्थापन शाखा छ ।

त्यहाँ नेपाली सेनाकाे बम  डिस्पाेजल टाेली पनि पुगेकाे छ ।





  • प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार ९:२६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया