अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुरधाममा

जनकपुरधाम– विवाहपञ्चमीमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम आएकी छिन् । राष्ट्रपति भण्डारीले 
शुक्रबार बिहान जानकी मन्दिरमा पूजापाठ गरेकी छिन् ।

राष्ट्रपति भण्डारीसँगै जनकपुरधाम आएका पर्यटन मन्त्री योगेश भट्टराई र भूमिव्यवस्था मन्त्री पदमा अर्यालले पनि राष्ट्रपतिसँगै जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।

भारतीय जन्तीलाई स्वागत गर्न बाह्रबिघा मैदानमा मञ्चसहितको ठूलो पण्डाल बनाइएको छ । राष्ट्रपति, प्रदेशका मुख्यमन्त्रीसहितकाले यहाँ सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ । भारतबाट आधुनिक गाडी, हात्ती, घोडालगायत सवारी प्रयोग गरी भारतीय जन्ती बिहीबार नै जनकपुरधाम आइपुगेका छन् । 

जन्ती जनकपुरधाममा प्र्रवेश गरेसंगै नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधिसहित धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, प्रहरी उपरीक्षक शेखर खनाल, सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, जानकी मन्दिरका महन्थ राम रोसन दास वैष्णवलगायत साधुसन्तले भव्य स्वागत गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार १६:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया