लन्डन ब्रिजमा आक्रमण गर्ने व्यक्ति मारिए

एजेन्सी– लन्डन ब्रिजमा कयौँ मानिसहरुमाथि अन्धाधुन्ध छुरा प्रहार गरेका व्यक्तिलाई प्रहरीले गोली हानी हत्या गरेको छ । 

प्रहरीले यो घटनालाई आतंककारी आक्रमण भएको घोषणा पनि गरेको छ । त्यहाँ आक्रमण गरेको आशंका गरिएका व्यक्तिले शरीरमा पनि विस्फोटक पदार्थ बोकेको हुनसक्ने प्रहरी अनुमान छ । 

बिबिसीका रिपोर्टर, जो घटनास्थलमा थिए, ले आफूले पुलमा एउटा झगडा देखेको र अत्यन्त धेरै मानिसहरुले एक व्यक्तिमाथि कुटपिट गरिरहेको देखेको बताएका छन् । त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो र गोली प्रहार गरेको थियो । 

यसबारे थप जानकारीहरु आउँदै छन् । बेलायतका आतंककारी आक्रमणको विरोधी प्रहरीका प्रमुख निल बसुले चाहिँ यसबारे अनुसन्धान सुरु भइसकेको पनि जनाएका छन् ।

त्यहाँका सिसी टिभी फुटेजमा देखिएका र अन्य सामाजिक सन्जालमा आएका दृश्यमा एक व्यक्तिमाथि आक्रमण भएको देखिएको छ । अर्का एक व्यक्ति त्यहाँबाट ठूलो चक्कु लिएर भागेको देखिन्छ ।

‘यो आतंककारी आक्रमणमा एक व्यक्ति मारिएका छन्,’ निल बसुले भनेका छन्, ‘हामीलाई विश्वास छ, त्यहाँ जथाभावी आक्रमण गर्ने व्यक्ति तिनै हुन् ।’



बेलायतको यातायात प्रहरीले लन्डन ब्रिज अहिलेका लागि बन्द भएको जनाएको छ ।

अर्कोतिर, यो घटनाको विश्वभर व्यापक चर्चा भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यसबारे आफू अवगत भएको र प्रहरीलाई आफ्नो कर्तव्य निर्वाह गरेकोमा धन्यवाद भन्दै ट्विट गरेका छन् । उनी अहिले आफूले उम्मेदवारी दिएको ठाउँबाट डाउनिङ स्ट्रिट फर्किने क्रममा छन् । 



यसबारे बेलायतका अन्य नेताहरुले मात्र होइन, विश्वभरका नेताहरुले ट्विट गरेका छन् । 

  • प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार २३:१०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया