काठमाडौं– उपनिर्वाचनअन्तर्गत आज तीन तहका रिक्त ५२ पदका लागि मतदान हुँदै छ । उपनिर्वाचन हुने ठाउँमा आज विहान ७ बजेबाट नै मतदान सुरु भएको हो ।
निर्वाचन आयोगका अधिकारीहरुका अनुसार सबै ठाउँमा सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको छ । मतदान साँझ पाँच बजेसम्म चल्नेछ । मतदाताले आफ्नो परिचय पत्र लिएर गएर पनि मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचन आयोगले मतदातालाई ढुक्क भएर मतदान गर्न अनुरोध गरेको छ ।
आज प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ ठाउँमा मतदान हुन लागेको हो । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएपछि कास्कीको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि निर्वाचन हुन लागेको हो । त्यहाँ नेपाल कम्युनिस्ट पार्टीले रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।
प्रदेशसभा अन्र्तगत भक्तपुर १९क०, बागलुङ २९ख०, दाङ ३९ख० मा पनि आज उपनिर्वाचन हुँदैछ । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि पनि आज चुनाव हुँदैछ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि पनि आज निर्वाचन सुरु भएको छ ।
यी पदहरुका लागि ३३७ जनाले उम्मेदवारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।