भट्टराईले गरिन् मतदान

कास्की– प्रतिनिधि सभा सदस्यका लागि आज भइरहेको उपनिर्वाचनमा कास्की २ मा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छिन् । सो स्थानका भट्टराइका पति तथा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि प्रतिनिधि सभा सदस्य चयनका लागि निर्वाचन भएको हो । 

भट्टराईले पोखरा ३३ मा रहेको शान्ति उदय माध्यमिक विद्यालयमा पुगेर मतदान गरेकी हुन् । उनी अन्य मतदातासँगै लाइनमा बसेर मतदान गर्न पुगेकी थिइन् । 

यो क्षेत्रमा भट्टराईसँगै नेपाली कांग्रेसका खेमराज पौडेल, समाजवादी पार्टीका धर्मराज गुरुङ, साझा पार्टीकी रजनी केसी, विवेकशील नेपाली दलकी जमुना शर्मालगायतले उम्मेदवारी दिएका छन् । विहान ७ बजे सुरु भएको मतदान साँझ पाँच बजेसम्म चल्नेछ । 

आजै साँझ सर्वदलीय बैठकपछि त्यहाँ मतगणना सुरु हुने बताइएको छ ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १३:५४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया