लिम्पियाधुरा समेटेर विद्यार्थीले बनाए नेपालको नक्सा

झापा– झापाको कचनकबलस्थित लक्ष्मी माध्यमिक विद्यालयमा लिम्पियाधुरासम्मको नेपाली भू–भाग समेटेर विद्यार्थीलाई नेपालको नक्सा बनाउन सिकाइएको छ । कक्षा ७ को सामाजिक शिक्षा विषयमा ‘राष्ट्रियता’सम्बन्धी पाठ पढाउने क्रममा शुक्रबार लिम्पियाधुरासम्मको भू–भागसहित नक्सा कोर्न सिकाइएको सामाजिक शिक्षक रत्न बुढाथोकीले जानकारी दिए ।
 
सुगौली सन्धिमा नेपालको पश्चिम सीमा कालीनदी कायम भएको र कालीनदीको मुहान लिम्पियाधुरा भएको बारेमा जानकारी दिएर नक्सा कोर्न लगाउँदा विद्यार्थीमा राष्ट्रियता र सीमासम्बन्धी चेतना बढेको बुढाथोकीले बताए । 'आफ्नो देशको माटोबारे विद्यार्थीलाई जानकारी गराउनु कर्तव्य सम्झेर हामीले नक्सा कोर्न सिकाएका हौँ,' बुढाथोकी भन्छन् ।

आठ सय विद्यार्थी अध्ययनरत लक्ष्मी माविको कक्षा ७ मा ८० विद्यार्थी छन् । विद्यार्थीले बनाएको नेपालको नयाँ नक्सामा ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो’ भन्ने नारा लेखिएको छ । सो नक्सा विद्यालयमा राखिएको छ ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १६:८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया