सागमा नेपालको झण्डा बाेक्ने जिम्मा भाराेत्ताेलन खेलाडी अधिकारीलाई

काठमाडौं– आइतबारबाट नेपालमा हुन लागिरहेकाे १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको राष्ट्रिय झण्डा बाेक्ने जिम्मा भाराेत्ताेलन खेलाडी कमलबहादुर अधिकारीले पाएका छन् ।

सहभागी राष्ट्रहरु उद्घाटनको दिन मार्चपासमा सहभागी हुने चलन छ । साेहीअनुरुप कमलबहादुरले नेपाली खेलाडीहरुको नेतृत्व गर्दै झण्डा बोक्नेछन् ।

यसअघि कमलको नाम वैकल्पिकमा थियो । नेपालका पूर्वकप्तान पारस खड्काको पनि नाम सिफारिस भएको थियो । तर, सबैलाई पछि पार्दै कमलले साे अवसर पाएका हुन् ।

अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिक सहभागिताका आधारमा कमललाई झण्डा बोक्न दिने निर्णय गरिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

 





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १६:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया