याे साता पनि धितोपत्र बजार उतारचढावपूर्ण

काठमाडौं– धितोपत्र बजार यस साता पनि उतार चढावपूर्ण रह्यो । बजारले समातेको ओरालोको लय यस साता पनि उस्तै अवस्थामा रह्यो । पाँच कारोबार दिनमा बुधबार मात्रै बजारले केही सुधारको संकेत गरेको भए पनि अन्य दिन नकारात्मक नै रहेको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कुल १ सय ६८ कम्पनीको सेयर कारोबार भयो । कुल ५१ लाख ५१ हजार २२७ कित्ता सेयर रु एक अर्ब ३२ करोड १० लाख १७ हजार १३५ मा कारोबार भयो । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार सो दिन नेप्से १०.५४ बिन्दुले घटेर एक हजार ११०.०८ बिन्दुमा पुग्यो । कुल १६२ कम्पनीका नौ लाख २९ हजार ७ सय ४४ कित्ता सेयर रु २८ करोड पाँच लाख ३४ हजार ४१५ मूल्यमा खरिद–बिक्री भए ।

सोमबार भने बजारमा रमाइलो दृश्य देखापर्यो । निरन्तर ओरालो लाग्दै आएको बजार सोमबार यथास्थितिमा रह्यो । नेप्से परिसूचकमा कुनै बदलाव देखिएन । नेप्से परिसूचक शून्यकै अवस्थामा रह्यो । 

त्यस दिन कुल १ सय ६८ कम्पनीका १० लाख ७८ हजार १६ कित्ता सेयर २८ करोड ८८ लाख ५८ हजार ४ सय ८४ मूल्यमा खरिद–बिक्री भए । मंगलबार भने नेप्से परिसूचक झिनो अंकले घट्यो । सो दिन नेप्से ०.९१ बिन्दुले घटेर एक हजार १०९.१६ बिन्दुमा झर्यो । 

नेप्से आरोलो लागे पनि कारोवार रकम भने सामान्य रहन पुग्यो । कुल १ सय ६५ कम्पनीका ११ लाख ३४ हजार १५ कित्ता सेयर २९ करोड ५८ लाख ६९ हजार १ सय ८० मूल्यमा खरिद–बिक्री भए । बुधबार भने बजारमा सुधार देखापर्यो । 



नेप्से परिसूचक ८.३० अंकले वृद्धि भएर एक हजार ११७.४६ मा पुग्यो । कुल १६५ कम्पनीका सात लाख ३८ हजार ४ सय ४६ कित्ता सेयर रु २१ करोड २३ लाख ६३ हजार ७ सय ३६ मा खरिद–बिक्री भए । 

बुधबारको सुधार बिहीबार टिक्न सकेन । त्यस दिन नेप्से परिसूचक ४.६७ बिन्दुले घटेर एक हजार ११२.७९ मा पुग्यो । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आयो । कुल १६६ कम्पनीका १२ लाख ७१ हजार ६ कित्ता सेयर २४ करोड ३३ लाख ९१ हजार ३ सय २० मूल्यमा खरिद–बिक्री भए । 



नेप्सेमा यस साता विभिन्न पाँच कम्पनीका सेयर सूचीकृत भए । त्यसमा नेको इन्सुरेन्सका १४ लाख ११ हजार ५३४ कित्ता सेयर लाभांश, नेपाल इन्सुरेन्स कम्पनीका सात लाख ६४ हजार ३२७ कित्ता सेयर लाभांश, प्राइम लाइफ इन्सुरेन्सका २२ लाख ३१ हजार ४३ कित्ता सेयर लाभांश, साइन रेसुंगा डेभलपमेन्ट बैंककाे एक करोड दुई हजार ३८८ कित्ता सेयर सूचीकृत भए । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका ११ लाख चार हजार ५ सय ७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १७:३६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया