कन्चनपुर – कन्चनपुर पुनर्वास नगरपालिकाको ३ नम्बर वडामा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन् । उनले कांग्रेसका प्रतिद्वन्द्वी दिलबहादुर लामालाई पराजित गरेका हुन् । तामाङले ५ सय २८ मत ल्याउँदा कांग्रेसका लामाले ३ सय १० मत मात्र ल्याए ।
वडामा समाजवादी पार्टीका भीमबहादुर पाख्रिनले ७५ मत पाए । शनिबार सम्पन्न उपनिर्वाचनमा त्यहाँ ९ सय २४ मत खसेको थियो । ४ मत बदर भयो ।
यसअघि रोल्पाको थबाङ १ मा पनि नेकपाकै उम्मेदवार जनकबहादुर बुढा विजयी भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।