उपनिर्वाचन: लमजुङकाे सुन्दरबजार नगरपालिका-२ मा नेकपा विजयी

लमजुङ– लमजुङकाे सुन्दरबजार नगरपालिका-२ परेवाडाँडामा वडाध्यक्ष पदको लागि भएको चुनावमा नेकपा उम्मेदवार नवीन कुमार श्रेष्ठ भारी मतले विजयी भएका छन् । उनी नाै सय ८९ मतसहित विजयी भएका हुन । उनका प्रत्यासी नेपाली कांग्रेसका प्रकाश सेढाईँले चार सय ८४ मत प्राप्त गरे ।

त्यस्तै, राप्रपाका पवनराज बसौलाले १६, मंगोल अर्गनाइजेसनका राम्जी दर्जीले ८ र स्वतन्त्र उम्मेदवार कृष्णबहादुर केसीले १२ मत ल्याएका छन् । ३ मतदान केन्द्रमा एक हजार पाँच सय २३ मत खसेकोमा १२ मत बदर भएको छ । 

कांग्रेस उम्मेदवार सेढाईँले विजयी श्रेष्ठलाई खादा ओढाएर बधाई दिएका छन् । उनले विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँको विकासमा सदैव जनतामाझ रहेर काम गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । यसअघि वडाध्यक्ष पदमा निर्वाचित नेकपाका लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि उक्त पद रिक्त रहेकाे थियाे ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार २३:०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया