बागलुङ्गकाे बडिगाडमा नेकपाका शेरचन विजयी

बागलुङ– बागलुङकाे बडिगाड गाउँपालिका-२ वडाध्यक्षमा नेकपाका ढालेन्द्र प्रसाद शेरचन विजयी भएका छन् । शनिबार सम्पन्न उपनिर्वाचनमा शेरचन निकटम प्रतिद्वन्दी कांग्रेसका डिलबहादुर रानालाई २ सय ९२ मतले पछि पार्दै विजयी भएका हुन । शेरचनले ७ सय ४ मत ल्याएका थिए भने रानाले ४ सय १२ ल्याएका छन् । 

त्यसैगरी समाजवादी पार्टीका हरिलाल रानाले ६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ । कूल एक हजार साच सय ४२ मतदातामध्ये एक हजार एक सय ३४ मतदाताले मतदान गरेका थिए । खसेकाे मतमध्ये १२ मत बदर भएको छ । अघिल्लो निर्वाचनमा पनि तत्कालीन एमालेका विष्णुप्रसाद भुषालले विजयी भएका थिए ।

भुषाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन भएको हो । वडाध्यक्ष पदका लागि नेकपा, कांग्रेस र समाजवादी पार्टीका उम्मेदवार चुनावी मैदानमा थिए ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार २३:१५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया