मालिक्निको भिडिओ बनाएर डेढ करोड फिरौती माग

एजेन्सी– आफ्नै मालिक्नीको भिडियो बनाएर एक व्यक्तिले डेढ करोड भारतीय रुपैयाँ फिरौती मागेका छन् । सवारी चालक ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनले मालिक्नीको भिडियो बनाएपछि नेताहरुसँग समेत सम्पर्क गर्न खोजेका थिए । 

यो घटना भारतको हो । आठ वर्ष पहिले अरशद नामका ती व्यक्ति एक व्यापारिक परिवारमा ड्राइभर हुन आएका थिए । उनले यसबीचमा मालिक्नीसँग सम्बन्ध बनाएको र त्यसलाई प्रयोग गरेर भिडियो बनाएको ती महिलाले आरोप लगाएर प्रहरीमा उजुरी दिएकी हुन् । पीडित महिलाले ती युवाले आफूसँग डेढ करोड फिरौतीसमेत माग्ने गरेको बताएकी छिन् । 

यतिमात्र होइन, आफूलाई समस्या नहोस् भनेर ती चालकले ती महिलाको हत्याको योजनासमेत बनाएको महिलाको आरोप छ । यतिमात्र होइन, उनले सम्पत्ति हत्याउन आफ्ना दाजुभाइको सहयोग लिएको र एउटा गिरोह नै बनाएको पनि ती महिलाले आरोप लगाएकी छिन् ।





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार ०:२२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया