अर्घाखाँचीको मालारानीमा काङ्ग्रेसका खनाल विजयी

अर्घाखाँची– अर्घाखाँचीको मालारानी गाँउपालिका ३ क‍ो वडाअध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् ।

उनी ११ सय ५९ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका यमलाल खनालले १ हजार ५३ मत प्राप्त गरे । 

त्यस्तै राप्रपाका रणबहादुर खनालले ४ मत प्राप्त गरेका छन् ।

अध्यक्ष पदको लागि शनिबार भएको उपनिर्वाचनमा कुल ३ हजार ११ मतदाता संख्यामा २२ सय २५ मत खसेको थियो ।





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार १:२३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया