कपिलवस्तु शिवराज १० मा राजपाकाे जित

कपिलवस्तु– शिवराज नगरपालिका वडा नम्बर १० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्रले जितेकी छिन् । 

मतदानमा खसेकाे १ हजार ७ सय २२ मतमध्ये मत ८ सय ६८ ल्याई विजयी हासिल गरेकी हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देव भारती ले ४ सय ६५ मत ल्याए । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका अदालत मनिहारले १ सय ४७,  समाजवादी पार्टी नेपालका  तीर्थबहादुर रायमाझी १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११  मत प्राप्त गरे । 

त्यहाँ वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ७ राजनीतिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जना प्रतिस्पर्धामा थिए ।





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार १:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया