इन्टरनेट सेलेब्रिटी रानु मण्डल ट्रोल हुँदा छोरीले दिइन् यस्तो जवाफ

एजेन्सी– इन्टरनेट सनसनी रानु मण्डलकी छोरी एलिजाबेथ साथी रायले अब रानुमाथि भएका ट्रोलको जवाफ दिन थालेकी छिन् । केही दिन पहिले रानुको एउटा तस्वीर निकै भाइरल भएको थियो । जसमा उनले चर्को मेकअप गरेकी थिइन् । यही तस्वीरलाई लिएर रानुको इन्टरनेटमा नै खुबै तहल्का मच्चिएको थियो । 

अब उनकी छोरी साथीले भनेकी छिन्, ‘मेरी आमामाथि यसरी ट्रोल हुँदा मलाई दुख लाग्छ । यो साँचो कुरा हो कि उनको एटिच्युड फरक खालको छ । त्यसैले उनी बारम्बार दुःखमा परेकी पनि छिन् । तर, यति लामो संघर्षपछि उनले जुन सफलता पाएकी छिन्, त्यसलाई यसरी उडाउनु राम्रो होइन ।’

उनले रानु एउटा गायिका भएको तर उनलाई र्याम्पमा हिँडाएर पनि गल्ती गरिएको बताएकी छिन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार ११:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया