कास्की– कास्की २ मा भएको प्रतिनिधिसभाका लागि उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार विद्या भट्टराईको अग्रता बढिरहेको छ । पछिल्लो जानकारी अनुसार त्यहाँ उनले आफ्नो अग्रता दोब्बर बनाएकी छिन् ।
उनले पछिल्लो परिणामअनुसार ११ हजार ८ सय ३६ मत ल्याएकी छिन् ।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ५ हजार ८ सय ४६ मतसहित पछ्याइरहेका छन् ।
यो क्षेत्रमा दलीय र स्वतन्त्रसमेत गरि २१ जनाले उम्मेदवारी दिएका थिए । वैकल्पिक शक्ति भनिएका विवेकशील नेपाली दल र साझा पार्टीका उम्मेदवारले चाहिँ अहिलेसम्म पाँच सय मत पनि ल्याउन सकेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।