काठमाडौं– शनिबार भएको उपनिर्वाचनको मतपरिणाम आउने क्रममा छ । यसबीच स्थानीय तहका ३९ ठाउँ र प्रदेश सभाको एक स्थानको नतिजा आइसकेको छ । प्रदेश सभामा भक्तपुरमा नेपाली कांग्रेसका भँडेल विजयी भएका छन् ।
केही स्थानहरुमा पहिले नेपाली कांग्रेसले जितेका ठाउँमा अहिले नेपाल कम्युनिस्ट पार्टीले जितेका छन् । तर, पहिले नेपाल कम्युनिस्ट पार्टीले जितेका केही महत्वपूर्ण मानिएका स्थानमा नेपाली कांग्रेस अब बलियो देखिएको छ । त्यसैको एक उदाहरण हो, भक्तपुरको प्रदेश सभा ।
त्यस्तै, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा भएका तिनै ठाउँको निर्वाचनमा नेपाली कांग्रेसले जित दर्ज गरेको छ । उता, प्रदेश ५ का मुख्यमन्त्री शंकर प्रसाद पोखरेलको वडामा पनि नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् ।
अन्य स्थानहरुमा पछिल्लो समय आएको मत परिणामः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।