एजेन्सी– अमेरिकाको न्यु अर्लियन्समा अन्धाधुन्ध गोली प्रहार भएको छ । एक फ्रेन्च क्वार्टरबाहिर पर्यटकको हब मानिने ठाउँमा भएको गोलीबारीमा कम्तिमा पनि ११ जना घाइते भएका छन् ।
अमेरिकी मिडियाले एक अधिकारीको हवाला दिँदै यो घटनामा दुई जना गम्भीर घाइते भएको बताएका छन् । घटनामा अहिलेसम्म कोही पनि नमारिएको बताइएको छ ।
स्थानीय समयअनुसार यो घटना विहान ३ः२० को हो । प्रहरीले घटनास्थलबाट एक संदिग्धलाई पक्राउ गरेको ट्विटरमा उल्लेख गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।