नातिनीमाथि दुर्व्यवहार गर्ने हजुरबा पक्राउ, बालिका गर्भवती भएसँगै घटना सार्वजनिक

ओखलढुंगामा नातिनी बलात्कार गर्ने एक वृद्ध पक्राउ परेका छन् । नाताले नातिनी पर्ने १५ वर्षीय बालिका बलात्कार गर्ने मोलुङ गाउँपालिकाका ५८ वर्षीय वृद्ध पक्राउ परेका हुन् । 

गत साउन महिनामा बालिकालाई वृद्धले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । घरमा कोही नभएको बेला वृद्धले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । 

हजुरबुबाबाट बलात्कृत बालिका गर्भवती भएपछि रहस्य बाहिरिएको हो । बालिकाको पेट अस्वभाविक बढेकाले आफन्तले सोधपुछ गर्दा बालिका गर्भवती भएको खुलेसँगै वृद्धले बलात्कार गरेको घटना सार्वजानिक भएको हो । बालिका २३ हप्ताकी गर्भवती रहेको अस्पतालले जनाएको छ । 

बालिका सुस्त मनस्थिती र कम उमेरकी भएकाले गर्भपतनका लागि प्रशुती गृह थापाथली रिफर गरिएको छ । 





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार २२:३८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया