पपुआ न्यु गिनीमा विमान अपहरण गरेर सामान चोरियो

एजेन्सी– पपुआ न्यु गिनीमा एक निजी विमान कम्पनीले केही हतियारसहित आएका व्यक्तिहरुले आफ्नो एक विमान अपहरण गरेको जानकारी दिएको छ । यो घटना गत मंगलबारको हो । तर, त्यो विमान कम्पनीले यसको जानकारी आइतबार मात्र दिएको हो ।

विमान कम्पनीका अनुसार केही व्यक्तिहरुले विमानलाई सुनसान एयरपोर्टमा पुर्याउन दबाब दिएका थिए । अनि विमानबाट लत्ता कपडा र केही सामान चोरेर उनीहरु भागेको विमान कम्पनीले जनाएको छ । 

ट्रपीकेयर नामको यो विमान कम्पनीले गास्मातामा इन्धन भरिरहेको विमान अपहरण भएको जानकारी दिएको हो । विमानमा यात्रु सवार नरहेको र अपहरणकारीले विमानमा कुनै क्षति नपुर्याएको पनि यो कम्पनीले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार २२:४७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया