आलु खानुस्, ज्यान घटाउनुुस् !

मोटोपन घटाउन लागेका मानिस प्रायः आलुदेखि टाढै बस्छन् । आलुले छिटै वजन बढाउने भएकाले वजन घटाउन लागेकालाई आलु नखाने सल्लाह दिइन्छ । तर, मिलाएर खाए आलु वजन बढाउन मात्र होइन, घटाउन पनि उत्तिकै उपयोगी हुन्छ ।

यो कुनै वैज्ञानिक प्रयोग होइन, ‘पोटेटो डाइट’ प्रयोग गरेर वजन घटाएकाहरुको दाबी हो ।

सन् २०१६ मा यस सन्दर्भमा ‘पोटेटो ह्याक : वेट लस सिम्प्लिफाइड’ पुस्तक नै प्रकाशित भएको थियो । यो पुस्तकले मार्गनिर्देशन गरेअनुसार आलुको प्रयोगबाट वजन घटाउन सफल भएको बताउने थुप्रै छन् । पुस्तकका अनुसार आलु खाएर वजन घटाउने ‘पोटेटो डाइट’का केही नियमहरु छन् : 

  • ३ देखि ५ दिनसम्म (कसैका लागि यो समय २ सातासम्म पनि हुन सक्छ) सादा आलु मात्रै खानुपर्छ । आलुबाहेक अन्य खानेकुरा खान पाइन्न । आलुलाई उसिनेर, कोरेसाले कोरेर या काँचै खान पनि सकिन्छ । 
  • दिनमा ९०० ग्रामदेखि २ किलो ३०० ग्रामसम्म आलु खान सकिन्छ । एकैपटक धेरै आलु नखाई पटक–पटक गरेर खानुपर्छ । 
  • सादा आलु खानुपर्छ । आलुमा केचअप, बटर, क्रिम, चिजजस्ता पदार्थ राख्न हुँदैन । 
  • रक्तचाप कम हुने अवस्थामा बाहेक आलुसँग नुन नखानुहोस् । 
  • तिर्खा लाग्दा सादा पानी पिउनुपर्छ । चिया, कफी, कोल्ड ड्रिंक्स आदि पिउनु हुँदैन । 
  • आलुको डाइट लिइरहेका बेला हेभी एक्सर्साइज गर्नुहुँदैन । लाइट एक्सर्साइज या वर्कआउट गर्नुपर्छ । 
  • कुनै डाइट सप्लिमेन्ट लिनुहुँदैन । नियमित सेवन गर्दै आएको औषधी भने लिनुपर्छ ।

सावधानी : यो व्यक्तिका अनुभवका आधारमा बनाइएको डाइट प्लान हो । वैज्ञानिक अध्ययनले प्रमाणित तथ्य होइन । यदि तपाईंलाई यो डाइट प्रयोग गर्दा कुनै कमजोरी महसुस हुन्छ, या आफूलाई सुट नगरेको जस्तो अनुभव हुन्छ भने यसको प्रयोग तुरुन्त बन्द गर्नुहोस् ।  


 





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार ४:५६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया