तेक्वान्दोबाट नेपाललाई दुई स्वर्ण

काठमाडौं– १३औँ दक्षिण एसियाली खेलकुद सागअन्तर्गत तेक्वान्दोमा नेपाललाई दोस्रो स्वर्ण प्राप्त भएको छ ।

तेक्वान्दो पुम्सेअन्तर्गत महिला १७–२३ वर्ष विधामा नेपाली खेलाडी सिना मोदान लिम्बूले स्वर्ण दिलाएकी हुन् ।
 
सिनाले भारतकी रुपा बायोरलाई पराजित गरेकी हुन् । सिनाने ८‍.१५० अंक प्राप्त गरिन् भने भारतकी रुपाले ८.१३० अंक पाइन् । 

योसँगै नेपालको स्वर्ण संख्या पाँच पुगेको छ । यसअघि तेक्वान्दोको पेम्सैबाटै २४–२९ वर्ष विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण जितेका थिए ।





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १४:५८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया