सूचना तथा प्रविधि विधेयकले लैंगिक मुद्दा उठाउन नसकेकाे अधिकारकर्मीकाे गुनासाे

काठमाडौं– महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी), एन एन बी एनको संयुक्त आयोजना र युएन ओमेनको सहकार्यमा 'विश्व महिला सम्बन्धी बेइजिङ घोषणापत्रको कार्यान्वयन र वर्तमान अवस्था' विषयक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

साेमबार ललितपुरमा आयोजित समीक्षा कार्यक्रममा सन् १९९५ देखि सुरु भएको विश्व महिला सम्मेलनको २५ वर्षमा भएका प्रगति, चुनौती र नेपाल सरकारले गरेका कार्यबारे छलफल भयाे । 

कार्यक्रममा मितिनी नेपालकी सरिता केसीले बेइजिङ घोषणापत्रको पूर्णरूपमा कार्यान्वयन हुन नसकेको बताइन् । उनले सरकारले समलिंगी महिलालाई अधिकार दिन अझ हिच्किचाइरहेको बताइन् । महिलाअधिकारकर्मी बन्दना राणाले मौसम परिवर्तन, संस्थागत अभावका साथै आर्थिक अभावले पनि महिला सशक्तीकरणमा प्रभाव पारेको धारण व्यक्त गरिन् । 

महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले सूचना तथा प्रविधि विधेयकले लैंगिक मुद्दा उठाउन नसकेको धारणा व्यक्त गरे । सञ्चारमाध्यममा महिलाको सहभागिता बढाउने चुनौती पनि वर्तमान अवस्थामा रहेको उनकाे भनाइ थियाे । 

कार्यक्रमकी अध्यक्ष मीरा ढुंगानाले सरकारसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय जगत्मा नेपाली महिलाका आवाज पुर्याउनुका साथै माघमा राष्ट्रिय युवा सम्मेलन हुने जानकारी पनि दिइन् ।





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १६:२४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया