सागमा नेपालले पुर्यायाे १२ स्वर्ण

काठमाडौं– १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालले प्राप्त गरेको स्वर्णको संख्या १२ पुगेको छ । नेपालकी कुसुम खड्काले करातेमा स्वर्ण पदक जितेसँगै नेपाललाई सो सफलता प्रँप्त भएके हो । 

उनले कराँतेको कुमेततर्फ ४५ केजीमुनि सो पदक जितेकी हुन् । नेपालका लागि यो कराँतेतर्फ छैटौँ स्वर्ण हो । उनले बंगलादेशकी माउन्जारा बोर्नामाथि ३–२ को स्कोर गर्दै स्वर्ण जितेकी हुन् ।

सेमिफाइनलमा श्रीलंकाकी सेनारथ आराचागीलाई ७–६ ले पराजित गर्दै कुसुमले फाइनलमा स्थान बनाएकी थिइन् । 

हालसम्म नेपालले प्राप्त गरेको स्वर्ण तालिका

कराँतेः

–एकल काताः मन्डेकाजी श्रेष्ठ



–महिला टिम काता

–पुरुष टिम काता



–पुरुष कुमुते ५५ केजीः लक्ष्मण तामाङ

–पुरुष कुमुते ८४ केजीमाथिः विप्लवलाल श्रेष्ठ

–महिला कुमुते ४५ केजीमाथिः कुसुम खड्का

तेक्वान्दोः

–पुरुष एकल पुम्से ९२३(२९ वर्ष०स् कमल श्रेष्ठ

–महिला एकल पुम्से (१७–२३ वर्ष) –सिना मादेन लिम्बू

महिला पुम्से (२३–२९ वर्ष) –पार्वती गुरुङ

महिला एकल पुम्से (२९ वर्षमाथि) –आयशा शाक्य 

पुम्से जोडीः आयशा शाक्य र सञ्जीवकुमार ओझा

ट्रायथ्लनः

ट्राइथ्लन महिलाः सोनिका गुरुङ

  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १६:५७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया