विद्याले भनिन्– म अरुजस्तो हिरोइन होइन

अहिलेसम्म हिन्दी फिल्महरुमा काम गर्दा विद्या बालनले आफूलाई कुनै पनि बन्धनमा बाँधिनन् । उनले न चलिआएका कपडा लगाएर फिल्ममा काम गरिन् न नयाँ कुनै फिल्म नै खेलिन् । तर, उनलाई के लाग्छ भने बलिउडमा कुनै पनि अभिनेता तथा अभिनेत्रीले आफ्नो तरिकामा रहन सक्दैनन्, अरुको आदेशको पालना गर्नुपर्छ । 

‘हो, एउटा समय थियो जतिबेला म सबैको नजरमा थिएँ, तर त्यो समय मेरालागि मुश्किलको समय थियो किनकि मलाई सबैले हेरिरहेका थिए,’ उनले भनेकी छिन्, ‘मैले जति कोशिस गर्दा पनि सबैका लागि म राम्रो हुनसक्ने कुनै सम्भावना नै थिएन । जब म सबैका लागि जस्तो हुन खोज्थेँ, म ठिक हुन सक्ने पनि थिइनँ ।’

उनले भनेकी छिन्, ‘म अरु हिरोइनजस्तो होइन, म त केवल एक त्यस्तो कलाकार बन्न चाहन्थेँ,’ उनले भनेकी छिन्, ‘मानिसहरुले पनि मलाई अन्य अभिनेत्रीभन्दा फरक रुपमा लिए । हुन पनि मेरो शरीर पनि अरु हिरोइनको जस्तो छैन । म उनीहरुको जस्तो कपडा पनि लगाउँदिनँ । तर, यसले मेरो अभिनेत्री बन्ने सपनामा कुनै हानी गरेको छैन ।’





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १८:५५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया