सम्बन्धविच्छेद गर्न जोलीले आलटाल गरेपछि रिसाए ब्राड पिट

एजेन्सी– बलिउड अभिनेता तथा अभिनेत्री ब्राड पिट तथा एन्जेलिना जोलीबारे नसुन्ने सायदै होलान् । यी दुईले सन् २०१६ मा नै सम्बन्धविच्छेद गर्ने घोषणा गरेका थिए । तर, अहिलेसम्म पनि यी दुईबीच कानुनी रुपमा सम्बन्धविच्छेद भइसकेको छैन । 

र, यसको कारण हुन् एन्जेलिना जोली । किनकि उनले सम्बन्धविच्छेदको कागजपत्रमा हस्ताक्षर गरेकी छैनन् । उनले विभिन्न वाहना बनाउन थालेको र यसले गर्दा ब्राड पिट रिसाउन थालेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले लेख्न थालेका छन् । 

अब त पिटले जोलीलाई चेतावनी पनि दिएका छन्– उनले तत्काल हस्ताक्षर गरिनन् भने जरिवाना तिर्नु पर्ने हुनसक्छ । 

पिटका एक साथीको हवाला दिँदै मिडियामा आएको छ, ‘पिटले यसलाई जोलीको वाहनाका रुपमा लिएका छन्, उनी अब थप सहन सक्ने अवस्थामा छैनन् ।’ 





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १८:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया