१३ औं सागः आज कुन कुन खेल हुँदैछन् ?

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को आज तेस्रो दिन मंगलबार हो । आज फुटबल, भलिबल तथा क्रिकेटका खेलहरु हुँदैछन् । 

त्यस्तै, अन्य खेलहरु तेक्वान्दो, कराते पनि आजै हुँदैछन् ।

आज पुरुष क्रिकेट अन्तर्गत नेपालले श्रीलंकाको यु–२३ सँग खेल्दै छ । सागमा पुरुष क्रिकेटमा भारत र पाकिस्तान सहभागी छैनन् । यो खेल टियु मैदानमा हुँदैछ ।

आज नै पुरुष फुटबल पनि हुँदैछ र नेपाली टोलीले भुटानसँग आजको खेल खेल्दैछ । भुटानले सोमबार आफ्नो पहिलो खेल खेलिसकेको छ । उसले सोमबार भएको खेलमा बंगलादेशलाई ३–० ले पराजित गरेको थियो । 

आज नै बंगालादेश र माल्दिभ्सबीच साँझ ५ बजे अर्को खेल हुँदैछ । 

आज नै भलिबलका फाइनल खेलहरु पनि हुँदैछन् । महिला भलिबलको फाइनलमा नेपालले भारतसँग आज खेल्दैछ । पुरुष फाइनलमा चाहिँ भारत र पाकिस्तानबीच खेल हुँदैछ ।



उता, पोखरामा महिला फुटबल प्रतियोगिता आजबाट नै सुरु हुँदैछ । आज नेपाल र श्रीलंकाले एकअर्कासँग खेल्दैछन् । 

कराते र तेक्वान्दोका बाँकी खेल, एथलेटिक्सका बाँकी खेल पनि आज हुँदैछन् । 



  • प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार १०:४२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया