एजेन्सी– गर्भवती । त्यो पनि पहिलो पटक हो भने दिमागमा अनेक प्रश्नहरु आउँछन् । तर, ती प्रश्नहरुको जवाफ एकै ठाउँमा पाइँदैन । फेरि चिकित्सकसँग सबै प्रश्नको जवाफ पनि सोध्न नमिल्ने होला ।
यो एउटा यस्तो अवस्था हो जतिबेला शरीरमा अनेक परिवर्तनहरु आइरहेका हुन्छन् । त्यसैले हामीले विभिन्न स्रोतहरुबाट जुटाएर नौ प्रश्न तयार पारेका छौँ जसले तपाईंलाई यसबारे विभिन्न जानकारी दिनसक्छ ।
के गर्भवती हुँदा कुनै अपरेसन गर्न सकिन्छ ?
हो, सकिन्छ । जस्तो कि मिर्गौलामा पत्थरी भएको छ वा पित्त थैलीमा समस्या देखिएको छ भने र यो समस्या झन् बढ्दो छ भने अपरेसन गर्नु पर्ने हुनसक्छ । तर, यो अपरेसन तेस्रो देखि छैठौं महिनाभित्र गर्नु पर्ने हुनसक्छ ।
के गर्भवती हुँदा औषधि खाइरहनु पर्छ ?
हो, आइरन, क्याल्सियम तथा मल्टिभिटामिन वा प्रोटिन पाइने औषधि गर्भवती हुँदा खान मिल्छ । यो कुराले आमा र बच्चा दुवैको स्वास्थ्यलाई फाइदा पुर्याउँछ ।
के खानु ठीक हो ?
सबैभन्दा पहिले बाहिर खाने बानी वा फास्टफुड, कोल्ड ड्रिङ्कलगायत छोड्नु पर्ने हुन्छ । घरमा बनेको ताजा तथा पोषणयुक्त खानालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । थोरैथोरै तर नियमित खाइरहनु पर्छ ।
गर्भनिरोधक चक्की वा अन्य साधन प्रयोग गर्ने कि नगर्ने ?
गर्ने । बच्चा जन्मिएको ४५ दिनपछि गर्भनिरोधक चक्की वा सुई जे पनि प्रयोग गर्न सकिन्छ ।
कति काम गर्ने ?
शारीरिक हिसाबले सहज हुने काम जति गरे पनि हुन्छ । गर्भवती भएको समयमा धेरै दौडधूप वा तनावपूर्ण कामहरु चाहिँ गर्नु हुँदैन ।
कति किलो वजन बढ्नु सामान्य हो ?
पूरै गर्भावस्थाको समयमा ९ देखि ११ किलोसम्म तौल बढ्न सक्छ । सुरुवाती तीन महिनामा एक एक किलो र बाँकी महिनामा औसतमा दुई किलो प्रतिमहिना वजन बढ्न सक्छ । तर, सातैपिच्छे दुई किलोभन्दा बढी वजन बढिरहेको छ भने चाहिँ सचेत हुनुपर्छ ।
के अल्ट्रासाउन्ड सुरक्षित हुन्छ ?
हुने वाला बच्चा वा आमाका लागि यो सुरक्षित टेस्ट नै हो । सामान्य गर्भावस्थामा १२ देखि १४ साताको बीचमा अल्ट्रासाउन्ड गर्ने सल्लाह दिइन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।