दीपेन्द्रको उत्कृष्ट ब्याटिङ, श्रीलंकालाई नेपालको १७३ रनको लक्ष्य

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुदमा आज भएको क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंका यु–२३ लाई १७३ रनको लक्ष्य दिएको छ । 

नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङले नेपाललाई यो योगफल तयार गर्न सहज भएको हो । टियु मैदानमा भइरहेको खेलमा ऐरीले ४३ बलमा ७२ रन प्रहार गरेका थिए । उनले ४ चौका तथा ३ छक्का प्रहार गरे ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७२ रन बनाएको हो । नेपालका लागि पवन सर्राफले २२, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान २१, आरिफ सेखले १९ रन तथा पारस खड्काले १ रन दिए । 

श्रीलंकाका कामिन्दु मेण्डीसले २ तथा काभिष्का अन्जुला, दिभान्दु तिलक रत्ने तथा असिला फर्नाडोले समान एक विकेट लिए । 

अहिले श्रीलंका २ ओभरको समाप्तिमा १४ रन बनाएर खेलिरहेको छ । 





  • प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार १३:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया