साग फुटबलमा नेपालको विजयी सुरुवात

काठमाडौं– केही समययता विभिन्न विवाद र स्क्यान्डलका कारण नेपाली फुटबलले आफ्ना प्रशंसकलाई निराश पारिरहेको थियो । तर, फेरि नेपाली फुटबलले प्रशंसकलाई खुसी बनाउन सक्ने सम्भावना बढेको छ । ५ वर्षपछि दशरथ रंगशालामा फर्किएको फुटबल र जारी १३ औँ सागको पहिलो खेलमा नेपालले भुटानमाथि सहज जित हात पार्दा यस्तो सम्भावना देखिएको हो । 

मंगलबार भएको पुरुष फुटबलमा नेपालले भुटानलाई ४–० गोलले हराएको हो । खेलको चौथो मिनेटमा नै नेपालले अग्रता लिएको थियो । यो गोल नेपालका कप्तान सुजल श्रेष्ठले गरेका थिए । तिनै सुजलले ५० औं मिनेटमा पनि गोल गरे । 

नेपालका लागि तेस्रो गोल अभिषेक रिजालले ६६ औं मिनेटमा गरे । 

नेपालका लागि चौथो गोल मिक्चेन तामाङले गरे । उनले ७७ औं मिनेटमा डिबक्स बाहिरबाट फ्रिकिक मार्फत् गोल गरेका हुन् ।





  • प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार १७:१८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया