काठमाडौं– १३ औं साग अन्तर्गत तेक्वान्दोमा नेपालले आज दुई स्वर्ण जितेको छ । पुरुष ६८ केजी तौल समूहमा वीरबहादुर महरा र महिलामा काजल श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् ।
मंगलबार भएको फाइनलमा पाकिस्तानी खेलाडीलाई वीरबहादुर महराले हराएका हुन् ।
यो नेपालका लागि २३ औं स्वर्ण थियो ।
यसअघिको खेलमा ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई नै हराएकी हुन् । उनले ५०–१४ को फराकिलो अन्तरमा पाकिस्तानी खेलाडीलाई हराएकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।