काठमाडौं– काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुदमा महिला भलिबल प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । फाइनलमा भारतसँग पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको छ ।
तर, मंगलबार भएको खेलमा नेपाली टिमले अत्यन्त राम्रो प्रदर्शन गरेको थियो । त्यसैले पनि नेपालले २–३ ले हार व्यहोरेको हो ।
खेलमा नेपालले २–१ को अग्रता लिएको थियो । तर, अन्तिम दुई सेट नेपालले गुमायो ।
तर, नेपालले अन्तर्राष्ट्रिय भलिबलमा रजत पदक जितेको यो पहिलो पटक हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।