काठमाडौं– १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा नेपालले बंगलादेशसँग १० विकेटको हार व्यहोरेको छ । टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले ब्याटिङमा खासै राम्रो गर्न सकेन । ५० रनमा समेटिएको नेपाली टिमको लक्ष्य भेट्ट्याउन बंगलादेशलाई निकै सहज भयो ।
बंगलादेशले ७.४ ओभरमा नै नेपालले दिएको लक्ष्य भेट्ट्यायो ।
बंगलादेशकी मुर्सिला खातुन र आयशा रहमानले क्रमशः २१ र १७ रन बनाए ।
नेपालका लागि कुनै पनि ब्याट्सवुमनले १५ रन कटाउन सकेनन् । नेपालकी ओपनर काजल श्रेष्ठ शुन्यमा आउट भइन् । अर्की ओपनर सीता रानामगरले पनि ३ रनमात्र बनाउन सकिन् ।
बंगलादेशकी रबिया खान एक्लैले ४ विकेट लिइन् ।
यसअघि माल्दिभ्ससँग भएको खेलमा चाहिँ नेपाली महिला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यो खेलमा नेपालले माल्दिभ्सविरुद्ध १० विकेटले जित हात पारेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।