ट्विटरमा सलमानको फिल्म व्वायकट गर्न ह्यासट्याग

एजेन्सी– बलिउडका सुपरस्टार सलमान खानका जब फिल्म रिलिज हुने समय आउँछ, भारतमा कुनै न कुनै विवाद सुरु भइहाल्छ । ५३ वर्षीय यी अभिनेताको अहिले फिल्म दबंग ३ रिलिज हुने संघारमा छ । तर, यो फिल्म पनि अब विवादमा परेको छ । 

त्यो विवाद हो– हुड हुड दबंगमा देखाइएको दृश्यलाई हिन्दु संगठनहरुले आपत्तीजनक मान्नु । गीतको एक दृश्यमा केही साधुहरुले गितार बजाएको देखाइएको छ । 

त्यति मात्र होइन, सामाजिक सन्जालमा पनि यो फिल्मको विरोध भएको छ । कतिसम्म भने ट्विटरमा त व्यायकट दबंग ३ ट्रेन्डिङमा नै आएको छ । 

तर, यो सब विवादले आफू खुसी नै भएको सलमान खानले बताएका छन् । ‘जुनसुकै ठूलो फिल्म रिलिज हुँदा पनि विवाद देखिन्छ,’ उनले भनेका छन्, ‘अहिले यो फिल्मलाई लिएर विवाद भएको छ । यसको अर्थ यो पनि ठूलो फिल्म हो । त्यसैले पनि म खुसी नै छु ।’





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १२:३५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया