ब्राउनसुगरसहित चार पक्राउ

सिरहा– सिरहाको गोलबजार नगरपालिका ६ बाट प्रहरीले ब्राउनसुगरसहित चार युवकलाई पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक जनक पुरीको कमाण्डमा खटिएको टोलीले मंगलबार राति दुई जनालाई गोलबजार ३ बाट आठ पोका ब्राउनसुगरसहित स्थानीय दुई युवकलाई पक्राउ गरिएको हो ।

उनीहरुले दिएको सूचनाको आधारमा गोलबजार ६ बाट थप दुई जना गरी चार जनालाई पक्राउ गरिएको  हाे ।

पक्राउ पर्नेहरुमा गोलबजार ६ का १८ वर्षीय बालकृष्ण साह, गोलबजार ३ का १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उनका भाई १८ वर्षीय निलमकुमार साह रहेका छन् । पक्राउ परेकाहरुलाई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

गोलबजार प्रहरीले चालु आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि साढे पाँच महिनाको अवधिमा १८ ग्राम ब्राउनसुगरसहित २३ जनालाई पक्राउ गरी लागूऔषध कारोबार सम्बन्धि मुद्दा चलाइएको जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १३:२०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया